बन्दी रिहाइबारे प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

८ चैत ७७, सोमबार

९ चैत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच सोमबार भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेट तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराएको केन्द्रीय सदस्य चलाउनेले बताए ।

नेकपाका अनुसार अझै एक सय ४८ जना नेता कार्यकर्ता जेलमै रहेको चलाउनेले बताए । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

यसअघि तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुने दिन बिहान प्रधानमन्त्री र चन्दबीच बालुवाटारमा भेट भएको थियो । फागुन २१ मा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा क्रमशः बन्दी रिहाइ गर्ने उल्लेख छ ।

तर, सहमति अनुसार बन्दी रिहाइमा विलम्ब भएको भन्दै चन्द प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

फागुन २१ मा सरकार र नेतृत्वको पार्टीबीच नेकपा शान्तिपूर्ण राजनीतिमा आउने, पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने तथा कारागारमा रहेका नेकपाका नेता-कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top