×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

तत्काल नेपालमा लकडाउन हुन्छ ? (भिडियो)

९ चैत्र २०७७

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणको दर बढ्दै जान थालेपछि छिमेकी देश भारतका कतिपय राज्यमा दोस्रो पटक कडा लकडाउन लागू गरिएको छ ।

खुला सीमाना रहेको भारतमा दैनिक करिब ५० हजारको हाराहारीमा संक्रमण देखिन थालेर लकडाउन भएपछि नेपालमा समेत लकडाउन हुने हो कि भन्ने चर्चा सुरु हुन थालेको छ । यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशमा बढेको संक्रमणका कारण नेपाल पनि जोखिममा रहेको भन्दै देशभर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । नेपालमा हालसम्म संक्रमणदर एकदमै न्युन रहेकाले तत्काल लकडाउनको सम्भावना भने नरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतमले तत्काल लकडाउनको सम्भावना नरहेको बताए । बरु कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि वैकल्पिक सतर्कता र अन्य उपायहरु भने अपनाउन आग्रह गरिएको बताए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन पहिलो पटक लकडाउन गरिएको १ वर्ष पुग्नै लागेको छ । भारत सहित अन्य युरोपेली देशमा कोरोनाको विभिन्न चरणका लहर चलिरहँदा कतै पूर्ण त कतै आंशिक लकडाउन गरिएको छ । भारत कै कतिपय राज्यमा पूर्ण लकडाउन मात्र हैन, कफ्र्यु नै जारी गरिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ९ सय मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिन नदिन कडाइ गरिएको हो । खुला सिमाना भएका कारण भारतसँग जोडिएका तराइका जिल्लाहरुमा संक्रमणको जोखिम उच्च छ । गत शनिबार भारतबाट नेपाल आएका ४ जनामा कोरोना पुष्टि भएको थियो । भारतमा संक्रमण दर तिब्र हुनु र सिमानाबाट निर्वाध आवतजावत हुँदा नेपालमा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै मन्त्रालयले आइतबार नै देशभरका सिमा नाकामा स्वास्थ्य परिक्षणमा कडाइ गर्न निर्देशन दिइसकेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४४ सय ७२ जनामा कोरोना परिक्षण गर्दा १ सय ५० जनामा मात्र संक्रमण पुष्टि भएको थियो । जोखिम उच्च भएपनि संक्रमण न्युन रहेको भन्दै जोखिम कम गर्ने तर तत्काल लकडाउन भने नगर्ने स्वास्थ्य मन्त्रालयका प्रवत्ता गौतमले बताए । महिनौँको लकडाउनले अर्थतन्त्रसहित देशका सबैजसो क्षेत्रहरु शिथिल बनेर भर्खरै मात्र ट्रयाक समात्न खोज्दैछन् । यस्तो अवस्थामा फेरि पनि लकडाउन सहज विकल्प नहुने मन्त्रालयको तर्क छ । तर विगतको जस्तो कोरोना संक्रमणको दर र जोखिम बढ्दै गए के गर्ने भन्ने विषयमा भने अहिलेदेखि नै गहन भएर दीर्घकालीन योजना बनाउनु पर्ने देखिन्छ ।

Advertisement
Advertisement

 

Advertisement

 

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top