×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान गर्ने काम बढ्दै जान्छः गगन थापा

१० चैत्र २०७७

१० चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

Advertisement

प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।

‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ थापाले भने ।

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

‘कहिले संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लागउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिँदैछ’ उनले भने ।

अहिले विधेयक अधिवेशन चलिरहेको भन्दै थापाले संसदलाई विजनेश दिन सरकारलाई आग्रह गरे ।

‘एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ?’ सांसद थापाले प्रश्न गरे, ‘यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौं ।’

Advertisement

सरकारले ल्याएका एसिड कारोबारलाई नियन्त्रण गर्नेसहितका सात वटा अध्यादेश प्रतिनिधिसभामा पेश हुन सकेको छैन । सरकारले संसदमा अध्यादेश गर्न नदिएको भनेर विपक्षी दलहरुको आलोचना गर्ने गरेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top