भारतले कोरोना भ्याक्सिन निर्यातमा रोक लगाउने

१२ चैत, एजेन्सी । भारतमा कोरेना संक्रमणको दर दिनहूँ उच्च दरले बढ्न थालेपछि अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ।

भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेको थियो।

पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने स्रोतलाई उल्लेख गर्दै द वायरले लेखेको छ।

Advertisement

यसअघि नै अर्डर लिइसकेकाहरूलाई खोप दिने तर नयाँ अर्डर नलिने स्रोतले बताएको छ।

नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्। सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो।

Advertisement

नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन। भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ।

संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले यसअघि नै ब्राजिल, मोरोक्को र साउदी अरबलाई भारतमा माग उच्च भएकाले थप भ्याक्सिन आउन ढिला हुने जानकारी गराइसकेको छ।

भारतमा पछिल्लो २४ घन्टामा ५३ हजार जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये केहीलाई नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।

भारतमा अहिलेसम्म १ करोड १७ लाख मानिसमा कोरोना संक्रमण भएको छ तीमध्ये १ लाख ६० हजारको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top