ग्राहक खोसेको भन्दै ट्याक्सी व्यवसायी पठाओ चालकप्रति रुष्ट

११ चैत ७७, बिहीबार

१२ चैत, काठमाडौँ । सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व चर्कियो ।

मंगलवार पठाओले आफ्नो एपमा समस्या आएको भन्दै सेवा सञ्चालनमा रोक लगायो । सोही दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै पक्षलाई बोलाएर छलफल ग¥यो । महाशाखाले घटनामा संलग्न चालक आबद्ध संस्था उपत्यका मिटर ट्याक्सी व्यवसायी चालक सेवा समाज र पठाओका प्रतिनिधिलाई महाशाखामा बोलाएर मिलापत्र गराइएको जानकारी दिएको छ ।

‘ट्याक्सी व्यवसायीले माफी मागेपछि दुवै पक्ष मर्यादित भएर आ–आफ्नो सेवा सञ्चालन गर्ने सहमति भएको छ,’ महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले भने, ‘त्यसयता कुनै समस्या देखिएको छैन ।’ महाशाखाले दुई पक्षबीच सहमति भएको बताए पनि पठाओ र ट्याक्सी चालकबीचको द्वन्द्व कायमै छ ।

Advertisement

नेपालमा राइड शेयरिङ व्यवसाय शुरू भएको ५ वर्ष बितिसकेको छ । तर यो व्यवसायले आफ्नो रोजगारी खोसेको भन्दै ट्याक्सी व्यवसायी रुष्ट छन्, जसकारण दुई पक्षबीचको विवाद चर्किंदो छ ।

अघिल्लो वर्ष माघमा पाटन उच्च अदालतले कानून बनाएर यो व्यवसायलाई नियमन गर्न सरकारलाई निर्देशन दिएको थियो । यसका लागि यातायात व्यवस्था विभागले राइड शेयरिङ व्यवसायको मस्यौदा बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको भए पनि कानून बन्न सकेको छैन ।

उपत्यका मिटर ट्याक्सी व्यवसायी चालक सेवा समाजका केन्द्रीय सदस्य विष्णु चौहानले तत्काल पठाओलाई नियमन नगरिए जुनसुकै बेला अप्रिय घटना हुन सक्ने बताए । सोमवार पठाओ चालकबाटै ट्याक्सी चालकमाथि आक्रमण भएको जिकीर गर्दै उनले यसबाट ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व थपिएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top