Nepal Times
Nepal Times
3
Shares

नेपाललाई जर्मन सरकारले १ अर्ब ४० करोड अनुदान सहयोग गर्ने

नेपाललाई जर्मन सरकारले १ अर्ब ४० करोड अनुदान सहयोग गर्ने

१२ चैत्र, काठमाडौं ।
ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले नेपाललाई अनुदान सहयोेग गर्ने भएको छ ।

एक अर्ब ४० करोड रुपैयाँ अनुदान उक्त कार्यक्रमका लागि जर्मनले दिने भएको हो। यससम्बन्धी सम्झौतामा बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफरले हस्ताक्षर गरेका छन्‌।

प्राप्त सहयोगबाट नीति र सार्वजनिक क्षेत्रलाई ग्रीड जोडिएको सोलार फार्म विस्तार गर्न, सौर्य ऊर्जाबाट सिँचाइ र अन्य गतिविधि विस्तार गर्न सहयोग पुग्नेछ।

सो सहयोग नेपालको ग्रामीण भेगको विकासमा केन्द्रित गरिनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.