घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गर्ने एक युवा पक्राउ

११ चैत ७७, बिहीबार

१२ चैत, नेपालगञ्ज । घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पु¥याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन्।

बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए।

Advertisement

बुढाले पीडितकी आमासँग गत मंसिर ५ गते ’हामी सँगै घुम्न जान्छौं’ भनेर बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीको होमस्टेमा लगेका थिए।

प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जुसमा लागु औषध नाइट्राजेपाम राखेर खुवाएका थिए। युवती बेहोस भएपछि उनले बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

Advertisement

ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेपछि उनी बेत्तपा भएका थिए। युवतीको भेरी अस्पताल नेपालगञ्जमा उपचार भएको थियो।

बुढाको खोजी गर्ने क्रममा प्रहरीले चैत ८ गते काठमाडौंको हाँडीगाउँबाट उनलाई पक्राउ परेको गरिएको प्रहरीले जनाएको छ।

मुलुकी फौजदारी संहिताअनुसार यस्तो कसुरमा संलग्न व्यक्तिलाई ७ देखि १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top