१२ चैत, विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २७२ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २० नै रहेको छ ।
हालसम्म देशभर २२ लाख ५१ हजार ८८४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५५ जना रहेका छन् ।