ताप्लेजुङमा मेयर कप हेर्न जानका लागि सार्वजनिक विदा

१३ चैत, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कपको पहिलो दिन खेल हेर्न जानका लागि शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

न कुनै चाडपर्व न कुनै विशेष दिन, नगरपालिकाले शुक्रवारदेखि सञ्चालन गर्न लागेको मेयर कप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको हो ।

नगर कार्यपालिकाको ६७ औँ बैठकले अन्तर–पालिकास्तरीय मेयर कप रनिङ भलिबल प्रतियोगिताको उद्घाटनका दिन नगर क्षेत्रभित्र बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिनुभयो ।

Advertisement

मेयर कपकै लागि सार्वजनिक बिदा दिँदा नगर कार्यपालिकाको कार्यालय एवम् त्यस मातहतका वडा, स्वास्थ्य चौकी र सम्पूर्ण शैक्षिक संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले दुई लाख २१ हजार एक सय रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार एक सय रुपैयाँ र कप पाउनेछ भने सान्त्वना स्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ ।

विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top