१३ चैत, काठमाडौँ । आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो समूहले अनुमति लिएको छ ।
सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।
बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोली सगरमाथा आरोहणका लागि गएको चैत २ गते नेपाल आएको थियो ।
टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ ।
उनीहरूले क्वरेण्टीनको मापदण्ड पूरा गरी प्रक्रिया सुरु गरेर शुक्रवार अनुमति लिएका टोलीको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।
योसहित आउँदो वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ६१ पुगेको छ ।
यसअघि अन्नपूर्ण हिमालका लागि ४० जना, नुप्त्से हिमालका लागि चार जना र मनास्लु हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।