कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो

१३ चैत ७७, शनिबार

१४ चैत, काठमाडौँ । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ ।

गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८, बुधबार १ सय ४५, बिहीबार १ सय २० र हिजो शुक्रबार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । यसअघि, गत २७ माघमा १ सय ६० संक्रमित थपिएका थिए ।

Advertisement

संक्रमित संख्या बढे पनि परीक्षण दर अत्यन्त न्यून छ । सरकारले दैनिक १० हजारभन्दा बढीको कोरोना परीक्षण गर्ने क्षमता रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । केही दिनयता सबैभन्दा बढी गत २१ फागुनमा ६ हजार १ सय ४३ जनाको कोरोना परीक्षण भएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार ३ हजार ९ सय ६३, बिहीबार ४ हजार ३२ र शुक्रबार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । यो संख्या अत्यन्त न्यून र परीक्षण दायरा फराकिलो बनाउनुपर्ने जनस्वास्थ्य विज्ञले जोड दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top