चीन र इरानद्वारा २५ वर्षसम्म सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर

१५ चैत, एजेन्सी । चीन र इरानले २५ वर्षसम्म सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। संयुक्त राज्य अमेरिकाको प्रतिबन्ध झेलिरहेका यी दुई मुलुकले यस्तो सहकार्य रणनीतिक हुने बताएका छन्।

Advertisement

चीनका विदेश मन्त्री वाङ यी र उनका इरानी समकक्षी मोहम्मद जवाद जरिफले शनिबार तेहरानमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा समेटिएका बुँदाहरूको विस्तृत विवरण खुलाइएको छैन।

चिनियाँ विदेश मन्त्री यी दुई दिने भ्रमणका लागि शुक्रबार तेहरान पुगेका थिए।

Advertisement

अमेरिकासहित पश्चिमा राष्ट्रहरूले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएपछि चीन उसको ठूलो व्यापारिक साझेदार बनेको छ। सन् २०१८ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणवीक सम्झौता तोडेपछि इरानको धेरैजसो तेल चीनमा निर्यात भएको थियो।

इरानी विदेशमन्त्री जरिफले चीन कठिन समयको मित्र भएको बताएका छन्। उनले पश्चिमाहरूको अन्यायपूर्ण प्रतिबन्धको विरोधमा उत्रिएकोमा पनि चीनलाई धन्यवाद दिएका छन्।

Advertisement

शनिबार भएको सम्झौतापछि इरानमा चिनियाँ लगानी धेरै भित्रिने अनुमान गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top