चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप सोमबार नेपाल आइपुग्ने

१४ चैत ७७, आइतबार

१५ चैत्र, विराटनगर ।
चीनले अनुदान सहयोगमा दिएको आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल आउने भएको छ ।

Advertisement

बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप लिनका लागि चार्टर विमान आइतबार बिहान चीन जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनले १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएपनि १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

Advertisement

नेपालले हालसम्म २३ लाख डोज खोप प्राप्त गरेको छ । भारतले १० लाख डोज अनुदान दिएको थियो भने कोभ्याक्स सुविधामार्फत २२ लाख घोषणा गरेको भएपनि ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

त्यसैगरी सरकारले सिरमसँग २० लाख खरिद गर्न ९३ करोड ६० लाख अग्रिम भुक्तानी गरेको भएपनि १० लाख मात्र प्राप्त भएको छ।

Advertisement

अनुदान तथा खरिद गरिएको खोप समेत गरेर हालसम्म प्राप्त जम्मा २३ लाख ४८ हजार डोज खोप मध्ये १६ लाख ७३ हजार डोज खोप प्रयोगमा आएको छ ।

त्यसैगरी ६ लाख ७४ हजार प्रयोगमा आउन बाँकी छ भने चिनियाँ अनुदानको ८ लाख डोज खोप आउन बाँकी रहेको छ । नेपालमा खोप अभियान माघ १४ गतेबाट सुरु भएको थियो ।

पहिलो डोज लगाएको बढीमा आठ सातामा दास्रो डोज लगाउनुपर्ने हुन्छ । त्यही अनुसार दोस्रो डोज १२ सातापछि वैशाखमा लगाउन सुरु गरिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top