खडेरी र मानवीय लापरबाहीका कारण आगलागीका घटना दिनहुँ बढ्दो

१५ चैत, काठमाडौँ । लामो समयसम्म पानी नपर्दा र मानवीय लापरबाहीका कारण आगलागीका घटना बढेको सरकारले निष्कर्ष निकालेको छ ।

लामो समयदेखि पानी नपर्दा सुख्खापन बढेकोे र यसमा मानवीय लापरबाही पनि थपिँदा आगलागीका घटना दिनहुँ बढ्दै गएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसपालिको प्रि मनसुनमा मौसमविद्ले पानी पर्ने सम्भावना खासै नभएको बताएकाले आगलागी र डढेलोको जोखिम अझै धेरै रहेको छ । यस्तै आवश्यक जनशक्ति र प्रयाप्त आधुनिक उपकरण नहुँदा डढेलो र आगो निभाउन समस्या भइरहेको छ ।

अहिले देशका विभिन्न ४० ठाउँमा डढेलो नियन्त्रणका लागि उपकरण तयारी अवस्थामा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उपकरणको अभावमा यो वर्ष पाथिभराको जंगललगायत ठाउँमा लागेको आगो निभाउन निक्कै समस्या भएको थियो ।

यस्तै आवश्यक ऐन कानुनको अभावले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ । हिजोमात्रै ५१ जिल्लाका विभिन्न २०९ ठाउँमा डढेलो लागेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणका लागि तयारी थालेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

उहाँका अनुसार डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम भैरहेको छ । सरकारी तथ्याङ्क अनुसार यस अघि सन् २००९ मा सबैभन्दा धेरै आगलागी र डढेलो लागेकोे थियो ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top