कोरोनाका बीच काठमाडौँको बसन्तपुरमा होली (तस्बिरसहित)

१५ चैत, काठमाडौँ । आइतबार फागुन शुक्ल पूर्णिमा अर्थात रङहरुको पर्व होली मनाइँदैछ । आइतबार हिमाली र पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।

तराईका जिल्लाहरुमा भने सोमबार मात्रै होली मनाइन्छ । हिमाल, पहाड र तराईमा गरी फरक फरक दिन मनाउने गरिएपनि पर्वको शुरुआत भने होलीको चीर ठड्याइएको दिनदेखि हुन्छ ।

यस वर्ष काठमाडौंको बसन्तपुरमा चैत्र ८ गते चीर ठड्याइएको थियो । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ ।

Advertisement

चीर ठड्याइएको स्थान बसन्तपुरमा आइतबार दिउसो पुग्दा सर्वसाधारणहरुले उल्लाहसका साथ होली खेलिरहेको देखिएको छ । सरकारले कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै भीडभाड नगर्न आग्रह गरेपनि मानिसहरु बसन्तपुर क्षेत्र पुगेर रङ खेलेका थिए ।

Advertisement

धालसिक्व मानन्धर सनाःगु खलका सचिव गजेन्द्रप्रसाद मानन्धरले आज बेलुका नै ठड्याइएको चीरलाई ढालिने बताए। चीर ढाल्नका लागि ७ बजेर ३७ मिनेटको साइत निस्किएको पनि उनले बताए ।

त्यसपछि गर्जोपल्टन सहितको टोलीले बसन्तपुर–इन्द्रचोक–न्युरोड हुँदै टुँडीखेल सम्म पु¥याएर राती ८ बजेर ५३ मिनेटमा चीरको विधिपूर्वक दाह गरिने पनि सचिव मानन्धरले बताए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top