हुम्लाको सिमकोटमा भेटिएको सुतली बम सेनाद्वारा निष्क्रिय

१६ चैत, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

प्रहरीका अनुसार गाउँका पुराना घर पुनःनिर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली बम र एक सकेट बम भेटिएको थियो । उक्त बमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त बम तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

बमसँगै राखिएको जनादेश पत्रिका विसं २०६१ चैत २ गतेको भएकाले बम पनि सोही समयमा राखिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा बम र पत्रिका एउटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकीले जनाएको छ ।

ठेहेका तुला रावल र लोग भण्डारीको घरको बीच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आइतबार सिमकोटबाट खटिएको नेपाली सेनाका सुवेदार केदार थापा नेतृत्वको टोलीले बम भेटिएको स्थानबाट करिब ५०० मिटर टाढाको खोलामा लगेर डिस्पोज गरेको हो । (रासस)

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top