Nepal Times
Nepal Times
3
Shares

सगरमाथा आरोहणका लागि थप १५ जनाको टोलीले पाए अनुमति

सगरमाथा आरोहणका लागि थप १५ जनाको टोलीले पाए अनुमति

१७ चैत, काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति दिएको छ ।

सोमवार ६ जना महिलासहित १५ जना सम्मिलित एउटा समूहलाई आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।

योसहित आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३१ पुगेको छ । यसअघि बहराइनका राजदूतसहित १६ जनाले अनुमति लिएका थिए ।

यस्तै वसन्त ऋतुमा नेपालका हिमाल चढ्नका लागि अनुमति लिनेको सङ्ख्या ८१ पुगेको छ । अनुमति लिनेहरूमा २२ जना महिला र ५९ जना पुरुष छन् ।

अनुमति लिनेहरूमध्ये चार जनाले नुप्त्से, एक जनाले मनास्लु, ४० जनाले अन्नपूर्ण र पाँच जनाले ल्होत्से हिमाल आरोहणका लागि अनुमती लिएका हुन् ।

हिमाल चढ्न अनुमति लिएकाहरूबाट सरकारले अहिलेसम्म चार करोड ८४ लाख १६ हजार चार सय ५८ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.