१७ चैत्र, काठमाडौँ ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषालले आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाउँदै छन्।
ओलीले सोमबार दोस्रो पटक स्पष्टिकरण तुरुन्त पेश गर्न उनीहरुलाई निर्देशन दिएका थिए।
पाण्डे र भुषालले तयार पारेको स्पष्टिकरणबारे खुलाइएको छैन। तर मंगलबार प्रतिस्पष्टिकरण बुझाउन लागेको भुषालले बताए।
नेपाल र रावलको स्पष्टिकरण कारवाही योग्य ठानेका ओलीले भुषाल र पाण्डेको स्पष्टिकरण भने पार्टी हित अनुकूल आओस् भनेका थिए।
तर पाण्डे र भुषाल पनि नेपाल र रावलझैँ ओलीसँग आक्रोशित छन्। ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्।