नेपाली सेनाले भन्यो, ‘भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी बन्यो’

१७ चैत, काठमाडौँ । भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाहरुको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाशप्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपू सैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपू सैनिक गर्दै आएको छ ।

सम्मेलनमा भूपू सैनिकका आवश्यकताहरु पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमहरुको नीति तय गर्ने र उनीहरुको गुनासो, पिरमर्का, राय र सुझाव संकलन गरि नीति निर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले बताए ।

नेपाली सेनाले नेपाली सेना सैनिक कल्याणकारी बोर्ड अन्र्तगत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरुको तथ्यांक संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिए ।

प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्शन नै तोकेर जिल्ला भरिका अवकास प्राप्त सैनिकहरुसँग सम्पर्कमा रहने गरिएको पनि उनको भनाई छ ।

भूपू सैनिक सम्मेलनमा भूपू सैनिकहरुले शिक्षामा अहिले भइरहेको संरचनालाई बिस्तार गरेर थप गर्दै लानुपर्ने सुझाव दिने गरेका छन् ।

त्यसैगरी स्वास्थ्यको क्षेत्रमा सेवा, सुविधा, आवश्यकता तथा समस्याको बारेमा सुझाव दिनुका साथै स्वरोगार बन्नको लागि तालिम र ऋण सहयोग लगायतको कुरामा माग गर्ने गरेको नेपाली सेनाका प्रवक्ता पौड्यालले बताए ।

यस वर्षको भूपू सैनिक सम्मेलनमा एकै परिवारबाट ४ जना भन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान पनि गरिने भएको छ ।

यसअघि भूतपूर्व सैनिक सम्मेलनमा आएका सुझावका आधारमा नेपालगञ्ज, इटहरी र पोखरामा ३ वटा क्षेत्रिय अस्पतालको निर्माण गरिएको तथा धनगढी र बर्दिवासमा पनि अस्पताल निर्माणको तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले बताए ।

भूतपूर्व सैनिक सम्मेलनमा आउने पृष्ठपोषणको आधारमा आगामी दिनमा नयाँ कार्यक्रम बनाउने, नीति निर्माण गर्ने, सुविधा, सहुलियतहरुलाई परिमार्जन गर्ने र स्वीकृत गराएर कार्यान्वयन गर्ने काम गरिने उनको भनाई छ ।

नेपाली सेनाले गर्दै आएको भूतपूर्व सैनिक सम्मेलन केही समय रोकिएको थियो । २०७० साल असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात् भूतपूर्व सैनिक सम्मेलनको निरन्तरता हुन थालेको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top