NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँः प्रधानसेनापति थापा

बुधबार चैत्र १८ , २०७७
Reading Time: 1 min read
A A
नेपाली सेना राष्ट्ररक्षाका लागि सक्षम र समर्पित छः प्रधानसेनापति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ चैत्र, बर्दिवास ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गरे ।

प्रधानसेनापति थापाले भने, ुहामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँ र भविष्यका लागि पनि तयार रहने छौँ ।”

LS Auto

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भने, सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।

वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उनले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको बताए ।

कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रियस्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको साङ्गठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक र विशिष्ट जिम्मेवारी बहन गर्दै आएको बताए ।

सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।

भूपूसैनिकको आर्थिक उन्नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिङ्गो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव सङ्कलन गर्ने उद्देश्यले सम्मेलन गर्दै आएको छ ।

यो क्षेत्रका सबैभन्दा भूपूसैनिकको सङ्ख्या धेरै भएको जिल्ला रामेछाप हो । चारभन्दा बढी सन्तानलाई सेनामा भर्ना गर्न प्रोत्साहन गर्ने ३० परिवारलाई सम्मेलनका क्रममा सम्मान गरियो । बर्दिवासमा पृतना स्थापना भएपछि पहिलो पटक यस प्रकारको सम्मेलन गरिएको हो ।

बलाधिकृतरथी प्रभुराम शर्माले भूपूसैनिकको स्वास्थ्य सुरक्षालगायत समग्र सामाजिक दायित्व लिन सङ्गठन तयार रही नयाँ सोच र चिन्तनका आधारमा कल्याणकारी कार्यक्रम अघि बढाइरहेको उनले बताए ।

उक्त पृतनाको कार्यक्षेत्र महोत्तरी, काभ्रे, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला रहेको छ ।

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषका विस्तार भएका कल्याणकारी कार्यक्रमको जानकारी गराउँदै हिताधिकारीको जीवनस्तर उकास्न रायसुझाव लिन सम्मेलन निकै फलदायी हुने बताए ।

नेपाल राष्ट्रिय भूपूसैनिक सङ्घका उपसभापति केशरबहादुर भण्डारीले सैनिक कल्याणकारी कोषबाट प्राप्त सेवासुविधाबाट भूपूसैनिक र आश्रित परिवारको आर्थिक पाटोबाट जीवन उकास्न महत्वपूर्ण योगदान भइरहेको धारणा व्यक्त गरे ।

पूर्वसहायकरथी उदितनारायण देवले त्यस क्षेत्रको समग्र भूपूसैनिकका तर्फबाट सम्बोधन गर्दै कल्याणकारी कोषका सेवा सुविधालाई क्रमशः विस्तार गर्दै लैजाने सङ्गठनको सोच र अवधारणालाई मूर्तरुप प्रदान गर्न सबैको सहयोग र सुझावको अपेक्षा गरे ।

मुलुकभर भूपूसैनिक र एकल महिलाको सङ्ख्या करीब ८६ हजार छ भने कल्याणकारी कोषबाट सेवासुविधा प्राप्त गर्ने आश्रितको सङ्ख्या आठ लाखभन्दा बढी छ ।

सेनाले पछिल्ला वर्षमा प्रत्येक प्रधानसेनापतिको तीनवर्षे कार्यकालमा एक पटक प्रादेशिकरुपमा भूपूसैनिक सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपूसैनिक ९१ वर्षीय रुद्रबहादुर बस्नेत तथा ज्येष्ठ एकल महिला ९८ वर्षीया सुमीत्रा थापालाई सम्मान गरियो ।

सम्मेलनमा सहभागी भूपूसैनिक एवं एकल महिलालाई मण्डी, टोपी, सल, प्राथमिक उपचार बक्स, कल्याणकारी हाते पुस्तिका र आम सञ्चारमाध्यम प्रयोगसम्बन्धी मार्गदर्शन प्रदान गरियो ।

अर्को प्रादेशिक सम्मेलन यही २२ चैतमा बागमती प्रदेशको हेटौँडामा हुँदैछ ।(रासस)

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.