Nepal Times
Nepal Times
3
Shares

भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रियो

भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रियो

१९ चैत, काठमाडौँ । बुधबार बिहान आकाश खुलेपछि प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् ।

भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।

मौसमविद् शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन, बिहीबार देखि उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.