न्यायाधीशहरुकै कारण स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठ्योः संविधानविद्

१९ चैत, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्हरुले न्यायाधीशहरुको भूमिकाका कारण स्वतन्त्र न्यायपालिका माथि प्रश्न उठेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश, संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरुले न्यायाधीशहरुको प्रवृति र भूमिकाका कारण स्वतन्त्र न्यायापालिकाको क्षमतामाथि आशंका बढ्दै गएको बताएका हुन् ।

समयमा मुद्दाको फैसाला गर्न नसक्ने, नियुक्तीमा भागवण्डा खोज्ने, राजनीतिक दलहरुको पक्ष–विपक्षमा लाग्ने प्रवृति कतिपय न्यायाधीशमा देखिएको वक्ताहरुले बताएका छन् ।

Advertisement

पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले न्यायाधीशहरु स्वतन्त्र हुन्छन् भनिएपनि कतिपय न्यायाधीशहरुले जानिजानि परतन्त्रबाट प्रभावित हुने गरेको बताइन् ।

उनले भनिन ‘हाम्रो कताकता जे सुकै भनौं हामी स्वतन्त्र भन्छौ. तर केही न केही रुपबाट हामी आफै पनि स्वयं जानिजानि परतन्त्र बन्ने न्यायाधीशहरुकै भूमिका हुन्छ । हामीले परतन्त्र बन्ने व्यक्तिगत अब कतिपय न्यायधीशहरुलाई त्यो दोश लगाउनु हुँदैन । कतैबाट गाइडेड, यसको पालामा यो हुन नदिने, त्यसको पालामा त्यो हुन नदिने, नियुक्ती हुन नदिने के दिने अब मेरो पालामा मैले निकै हङ्गामा व्यहोर्नु परेको हो ।’

Advertisement

न्यायाधीशहरुमा विदा माग्ने र बाहिर गएर षडयन्त्र गर्ने प्रवृति रहेको पनि कार्कीले बताइन् । यस्तै न्यायाधीशहरुमा प्रधानन्यायाधीशलाई सहयोग नगर्ने प्रवृति रहेको पनि बताइन् ।

स्वतन्त्र न्यायपालिका भनिएपनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृति रहेको बताइन् । त्यसबैबाट संवैधानिक इजलास प्रभावित हुने गरेको पनि बताइन्।

उनले भनिन ‘नियुक्तीको बेलामा भागवण्डा खोजेर यही मान्छे नियुक्ती हुनुपर्छ, मेरो ज्वाईं नै हुनुपर्छ, मेरो आफन्त नै हुनुपर्छ भन्नपनि भएन । न्यायाधीशहले पनि त्यो भन्न भएन र राजनीतिक दलले पनि त्यो भन्न मिल्दैन । तपाइको नियुक्तीमा १५/२० जना मेरो मान्छे परेनन भने त मेरो पार्टी नै फेल खान्छ त्यो त भन्न भएन । यो जुन परिपाटी छ यसले गर्दा हाम्रो न्यायपालिका बर्बाद छ र यो न्यायपालिकालाई बर्बाद गराउनेमा को पनि हुनुहुन्छ भने भित्रैका न्यायाधीशहरु हुनुहुन्छ ।’ न्यायाधीशहरुले आफ्नो मान सम्मानमा बसेर न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने पनि कार्कीले बताइन् ।

संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कही कतै पनि प्रदर्शन गर्न नसकेको बताए ।

संवैधानिक इजलासमा रहेका कतिपय संवेदनशिल मुद्दाहरु लामो समयसम्म पनि सो¬–कज हुन नसक्नु यसैको उदाहरण भएको बताए ।

उनले भने ‘संवैधानिक इजलासले आफ्नो गरिमा र औचित्यलाई कहिं कतैपनि प्रदर्शन गर्न सकिराखेको छैन । कतिसम्म दुर्भाग्यपूर्ण अवस्था छ भने यति संवेदनशिल मुद्दाहरु संवैधानिक इजालासमा विचाराधिन छन जसको सो–कजको लागि पाँच/छ वर्षसम्म पर्खिनु परिरहेको छ । हामीले त्यहाँ त्यो अध्यादेश, नियुक्तीसँग जोडिएको अध्यादेशको विषय छ आज सम्म त्यसको सो–कजको लागी पनि मिति पाइरहेका छैनौं । अब यो हालतको संवैधानिक इजलास मलाई लाग्छ सायद संविधानले परिकल्पना गरेको छैन होला । तर दुर्भाग्य त्यो कुरा छ ।’

संविधानविद टिकाराम भट्टराईले अदालतबाट हुनै फैसलाका कारण श्रद्धाले न्यायाधीशहरुको अगाडि शिर झुकाउने ठाउँ नै नरहेको बताए । प्रधानन्यायाधीशले गलत ग¥यो भनेर परेका मुद्दामा सो–कज नै नहुने प्रवृति रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे ।

उनले भने ‘जुन प्रधानन्यायाधीशले गलत ग¥यो भनेर मुद्दा परेका छन सो–कज हुँदैन वा आफैमा राखिन्छ, महिनौं सम्म अनि तपाईहरु जस्तो न्यायाधीशहरु त्यही हुनुहुन्छ र आफ्नो निरिहता देखाएर केवल आफ्नो इजलासमा परेका मुद्दा छिन्नु हुन्छ र महिनामा तलब भत्ता बुझेर सर्वोच्चको जस्टिसको भूमिका निर्वाह गर्नुहुन्छ । (सरी टु से) यो अवस्था कहिले सम्म रहन्छ ? बाध्यताले श्रीमान भनिएको होला, बाध्यताले फैसला मानिएको होला, अन्तर हृदयदेखि तपाईहरुलाई श्रद्धाले शिर झुकाउने अवस्था सृजना कहिले हुन्छ ?’

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले आफैले हालेका ६÷७ वटा मुद्दामा डेढ वर्ष भइसक्दा पनि शोकस हुन नसकेको बताए । यस्तो स्थितिमा संवैधानिक इजलासले संविधानवादको बाटोमा हिंडाउँछ भन्ने महसुस गर्न नपाएको पनि बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले अदालतले मुद्दाको गाम्भिर्यता हेरेर समयमै फैसला गर्न नसकेको बताए । समयमै फैसला गर्न नसक्ने अदालत किन चाहियो भन्दै प्रश्न समेत गरे ।

उनले भने ‘हाम्रो अदालतले सुनुवाई नगरी नियुक्ती गर्न हुँदैन बाध्यात्मक व्यवस्था छ । संविधानमा ए सुनुवाई नगरी नियुक्ती गर्न लाग्यो है कान्छा भनेर उजुरी प¥यो, मुसुमुसु हाँसेर बस्छ । अब फैसला कहिले गर्छ भने नियुक्ती भएर रिटायर भएपछि गर्छ । त्यस्तो अदालत किन चाहियो ? त्यती पनि गर्न नसक्ने । यति पनि समान्य कुरा पहिला फैसला गर्छु सुनुवाई गर्न पर्दैन भन्दिन्छु अनि नियुक्ती गर भने भयो नी त्यो भन्यो भने फेरी ठीक छ । किनभने व्याख्या गर्ने सर्वोच्च नियका मै हो भनेको हुनाले जे व्याख्या गरेपनि मान्न प¥यो । यो व्याख्या मान्दिन त्यो व्याख्या मान्दिन भन्न पाइएन । यति गर्न नसक्ने अदालत ।’

सर्वोच्च अदालतका न्यायाधीश, प्रधनन्यायाधीश र प्रधानमन्त्रीले गल्ति गरेमा कारबाही गर्नै नपर्ने गरी अदालतबाट फैसला आउनु पनि गलत भएको बताए ।

उनले भने ‘कानून बर्खिलाप मैले गरे तपाई सजाय गर्ने मत त सर्वोच्च विडारीलाई सजाय किन नगर्ने ? भन्ने प्रधान न्यायाधीशले वा प्रधानमन्त्रीले कानून विपरित काम ग¥यो भन्ने ठहर भयो भने केही पनि नगर्ने ? केही बोल्नु पर्दैन ? कस्तो न्यायाधीश भनेर जनताले भन्यो भने के गर्ने ?’

कार्यक्रममा सार्वोच्च अदालतका न्यायाधीशहरु, पूर्वप्रधानन्याधीश, पूर्वन्यायाधीशहरु, संविधानविद्हरु, वरिष्ठ अधिवक्ता तथा अधिवक्ता लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top