×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् ः राष्ट्रपति भण्डारी

काठमाडौँ, असार १

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन्।

लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिइन्।

राष्ट्रपति भण्डारीले भनिन्, “मुलुकमा स्थायित्व र दिगो शान्तिसहित आर्थिक समृद्धि हासिल गर्ने विषयलाई आयोगले आत्मसात् गर्नेछ, आयोगले तयार पारेको रणनीतिक योजनाबाट त्यो उद्देश्य हासिल हुनेछ ।’’

आयोगको महत्व, गरिमा र प्रतिष्ठामा कहीँ कतै आँच आउने काम कसैबाट हुनुहुन्न भन्ने पक्षलाई मनन गर्न सुझाव दिँदै उनले काम कारवाहीमा निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता सदासर्वदा कायम गराउने मूल दायित्वलाई नभुल्न निर्देशन दिइन्।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले निष्पक्षता र स्वच्छताको प्रतीक बनेको मुलुकको सबैभन्दा जेठो संवैधानिक अंगका रुपमा रहेको लोकसेवा आयोग शिक्षित युवाको आशाको केन्द्र बनेको बताए।

आयोगले सञ्चालन गर्ने परीक्षाका लागि ‘अनलाइन पेमेन्ट’का लागि हामीले धेरै प्रयास गर्दा पनि समय लाग्ने देखिएपछि जिल्लामा हुलाकमार्फत र काठमाडाँै उपत्यकामा बैँकसँग सम्झौता गरी आयोग धाउनु नपर्ने गरिएको उनले जानकारी दिए ।

कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले सर्वाेत्कृष्टले मात्र राष्ट्रको सेवा गर्छ भन्ने विषयलाई सार्थकता दिन भर्ना नै वैज्ञानिक हुनुपर्छ भन्नेमा आयोग सजग र सचेत रहेको पनि अध्यक्ष मैनालीले बताए ।

आयोग सदस्य श्रीपुरुष ढकालले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई शिरोपर गरेर आफ्नो कार्य सम्पादन गर्दै आएको बताए ।

आयोगका सचिव महेन्द्रप्रसाद गुरागार्इंले आयोगले आफ्नो कार्यसम्पादनलाई समयसापेक्ष तुल्याउन र नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकीकरण गर्दै तीन वर्षे रणनीतिक योजना तयार गरिएको बताए ।

समारोहमा राष्ट्रपति भण्डारीले वर्षभरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा अधिकृत शान्ता कडरिया, खरिदार बलराम खत्री र कार्यालय सहयोगी कृष्णप्रसाद चौलागार्इंलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिन् ।

सो अवसरमा आयोगको प्रतिष्ठा र गरिमा बढाउन विशिष्ट योगदान पु¥याएबापत प्रेस सुपरभाइजर रमेश शाक्यलाई सम्मान प्रदान गरिएको थियो ।

सरकारी कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ असार १ गते स्थापना भएको लोकसेवा आयोगको गठनसम्बन्धी व्यवस्था नेपालको संविधानको भाग २३ मा व्यवस्था गरिएको छ । आयोगको काठमाडाँैका अतिरिक्त धनकुटा, पोखरा, सुर्खेत, इलाम, जलेश्वर, बुटवल, दाङ, महेन्द्रनगर, दिपायल, खोटाङ, हेटौँडा, बागलुङ र जुम्लामा कार्यालय छन् ।

रासस

 

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top