कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, एजेण्डा नभएपनि सरकारबारे छलफल हुने

२० चैत, काठमाडौँ । नयाँ सरकार गठनबारे अलमलमा देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा छ ।

तर बैठकमा सरकारकै मुद्दाले प्राथमिकता पाउने देखिन्छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ ।

Advertisement

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् ।

जसपामा देखिएको विवादलाई देखाएर कांग्रेस सभापति देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् । पार्टीका नेताहरुसँग देउवाले अहिले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएका छन् ।

Advertisement

स्रोतकाअनुसार आजको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्छन् । पौडेल समूहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा छन् र, सभापति देउवाले अहिले अविश्वासको प्रस्ताव लैजाँदा असुरक्षित महसुस गरेको भए अर्को व्यक्तिलाई अघि सारेर भएपनि अघि बढ्नुपर्ने मत रहेको एक नेताले सुनाए ।

यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।

सभापति निकट नेताहरुले भने सरकार गठनको परिस्थिति बनिनसकेको तर्क गर्दै आएका छन् । तर वरिष्ठ नेता पौडेलले राख्ने प्रस्तावले कांग्रेसलाई सरकार गठनबारे एउटा निर्णयमा पु¥याउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top