भारतमा २४ घण्टामा मात्र थपिए ८१ हजार बढी संक्रमित

२० चैत, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८१ हजार ४६६ नयाँ संक्रमित थपिएका छन् ।

अघिल्लो २४ घण्टामा भारतमा ७२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ४६९ संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख १४ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड १५ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म एक लाख ६३ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

Advertisement

महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कर्नाटक र छत्तीसगढमा पनि चार हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणको लागि भारतका विभिन्‍न राज्यले सामाजिक गतिविधिमा प्रतिबन्धको निर्णय गरेका छन् । तर, संक्रमणमा भने कमी आएको छैन ।

Advertisement

विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड नमान्दा संक्रमण बढ्दो क्रममा रहेको बताएका छन् ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतले कोरोना खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप दिन थालेको छ ।

अहिलेसम्म भारतमा ६ करोड ८७ लाख मानिसले कोरोना खोप पाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top