अप्रिल ५ देखि बंगलादेशमा एक हप्ते लकडाउन

२२ चैत,एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ ।

स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरिएको हो । बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिए ।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनको भनाई छ ।

Advertisement

अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

बंगलादेशमा अहिलेसम्म ६ लाख ३० हजार २ सय ७७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ५ हजार ६ सय ८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन् ।

Advertisement

पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल संख्या ९ हजार २ सय १३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५ सय ४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top