पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

२३ चैत, काठमाडौँ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।

भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ।

केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाको जोखिमबाट सर्वसाधारणलाई जोगाउन किनमेलका लागि रुपैडिया जान प्रतिबन्ध गर्ने निर्णय गरिए पनि कार्यान्वयनको अवस्थाबारे थाहा नभएको बताए।

Advertisement

सीमा नाकामा नियमित अनुगमन के भइरहेको छ भन्ने जिज्ञासामा कुरुम्बाङले भने, ‘भोलिदेखि नै सीमामा कडाइ गरिनेछ।’

हेल्थ डेस्कमा छैनन्

मेडिकल अधिकृतस्वास्थ्य सेवा विभागअन्तर्गत रोग नियन्त्रण महाशाखाले नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर ११ चैतदेखि हेल्थ डेस्क सञ्चालन गरेको छ।

देशभरिका डेढ दर्जन सीमा नाकामा यस्तो व्यवस्था गरिएको छ। तर, जमुनाहास्थित हेल्थ डेस्क लक्ष्यको आधा कर्मचारीबाट चलेको छ। एक जना मेडिकल अधिकृतसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन जनाले मात्र काम गरिरहेका छन्।

दिउँसो हेल्थ डेस्कमा पुग्दा एक जना ल्याब, अर्का अहेब र एक अनमी काम गरिरहेका थिए। सिफ्ट सकिएको भन्दै अनमी जाँदा दुई जनाले काम गरेको पाइएको थियो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top