×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दार्चुलामा भारतले बनाएको तटबन्धको सरकारले अनुगमन गर्ने

२३ चैत्र २०७७

२३ चैत, काठमाडौं । दार्चुला जिल्लाको नेपाल भारत सीमामा भारतले बनाउदै गरेको तटबन्धको सरकारले अनुगमन गर्ने भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोल्दै परराष्टमन्त्री प्रदीप ज्ञवालीले दुई देशको सीमा नजिक भारत सरकारले तटबन्ध बनाउँदै गरेको विषय बारे सरकारलाई सूचना आएको र त्यसको अनुगमन गरिने बताएका हुन् । प्रतिनिधीसभाको अघिल्लो बैठकमा सांसद दिलेन्द्र प्रसाद बडूले भारतले सिमाक्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बनाईरहेको भन्दै त्यसबारे सरकारलाई जानकारी भए नभएको प्रश्न गरेका थिए । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीलले तटबन्ध निर्माणको विषयमा भारतसरकारसँग गम्भीरतापुर्वक छलफल गरेको र संयुक्त रुपमा स्थलगत अनुगमन गर्ने निष्कर्षमा सरकार पुगेको बताए । आगामी अप्रिल १२ अर्थात् चैत्र ३० गते दुवै देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने उनले जानकारी दिए ।

Advertisement
Advertisement

उनले म्यानमारमा विकसित घटनप्रति नेपाल सरकारको गहिरो चासो र चिन्ता रहेको बताए । लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएर त्यहाँको सेनाले शासन सत्ता लिएपछि नेपालले प्रेस विज्ञप्ती मार्फत आफ्नो धारणा सार्वजनिक गरेको पनि उनले बताए । उनले बिमस्टेक बैठकमा दुईपक्षीय विवादका विषय वा कुनै देशका घटनाको बारेमा छलफल गर्न नमिल्ने भएकाले म्यानमारको विषय बैठकमा प्रवेश नभएको स्पष्ट पारे । सांसदहरुले विमस्टेक बैठकमा म्यानमारको विषयमा किन छलफल नभएको भनी प्रश्न गरेका थिए ।

सरकारले विश्वासको मत लिनु पर्देन

उनले वर्तमान सरकारका प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने दाबी गरे । उनले सर्वोच्च अदालतको फैसला र त्यसबाट उत्पन्न स्थिति संविधानको धारा १ सय को २ संग जोड्न नमिल्ने तर्क गरे । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले सरकारले संविधानको धारा १ सय को २ अनुसार ३० दिन भित्र विश्वासको मत लिनुपर्ने धारणा राखेका थिए ।

Advertisement

यसअघि विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद देवेन्द्र कँडेलले पनि सरकार गठनका बेला एमालेले विश्वासको मत नलिएकाले संसदले नेकपा एमालेलाई नचिन्ने भएकाले पार्टी विभाजनको स्थितिमा प्रधानमन्त्रीले संविधान अनुसार विश्वासको मत लिनुपर्ने धारणा राखेका थिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top