इदमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

इदमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, असार २

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुल फित्र पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।

“रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुशी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्व रहेको छ । स्थिरता र दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यस महत्वपूर्ण चाडले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् ”, सन्देशमा भनिएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण इस्लाम धर्मालम्वीलाई इद उल फित्रको शुभकामना दिँदै इद मुबारक दिएका छन्।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.