पुटिन सन् २०३६ सम्म सत्तामा रहने

२३ चैत ७७, मंगलबार

२४ चैत्र, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ।

योसंगै पुटिन सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् ।

पहिलेको संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो ।

Advertisement

तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो ।

संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।

Advertisement

नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो ।

पुटिन पहिलो पटक सन् २००० मा रुसको राष्ट्रपति बनेका थिए । चार–चार वर्षको दुई कार्यकाल बिताएपछि पुटिनले आफ्ना सहयोगी दिमित्री मेडभेडेवलाई राष्ट्रपति बनाउँदै २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए ।

सन् २०१२ मा उनी पुनः राष्ट्रपतिका रुपमा रुसमा सत्तासिन भए भने २०१८ को चुनावमा जित पनि हात पारे । तर चुनावमा धाँधली भएको र विपक्षीको आवाज दबाउने काम गरेको आरोप भने पुटिनमाथि निरन्तर लाग्दै आएको छ ।

यदि पुटिन थप दुई कार्यकालका निर्वाचित भए रुसको सबैभन्दा बढी लामो समय शासन गर्ने नेता बन्नेछन् । यसअघि जोसेफ स्टालिनले २९ वर्ष रुसमा शासन गरेका थिए ।

सन् २००० मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिनले राजीनामा दिएपछि पुटिन रुसका शक्तिशाली नेताका रुपमा रहेका छन् ।

दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने तत्कालीन संवैधानिक व्यवस्थाबमोजिम सन् २००८ मा मेडभेडेभलाई सत्ता हस्तान्तरण गरे पनि प्रधानमन्त्रीका रुपमा मुलुकमा शासन गरेको पुटिनमाथि आरोप लाग्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top