२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
पार्टीले कारबाही गरेसँगै उनीहरु सांसद रहने छैनन् । मओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ ।
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।