Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय भलिबलमा न्यु डायमन्डसँग एपिएफ स्तब्ध

राष्ट्रिय भलिबलमा न्यु डायमन्डसँग एपिएफ स्तब्ध

२५ चैत्, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब काठमाडौमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यु डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो ।

पहिलो संस्सकरणको एनभिएकपको उपाधि जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो ।

पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रि महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नु अघि नै बाहिरिएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकालेको नेपाल पुलिससँगको भेट पक्का गरेको हो ।

पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो । फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यु डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो ।

पहिलो संस्करणको न्यु डायमन्ड कपमा पराजित गर्दै उपाधि जितेको न्यु डायमन्डले बुधबार भएको खेलमा एपिएफलाई पराजित गरेको हो । फाइनल खेल बिहीबार हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.