लन्डनस्थित म्यान्मारको दूतावासमा राजदूतलाई प्रवेश निषेध

२५ चैत ७७, बिहीबार

२६ चैत्र, एजेन्सी ।
लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।

Advertisement

राजदूत क्यए वार मिनले आफूलाई कार्यालय प्रवेशमा रोक लगाएने म्यानमारको सैनिक सत्ताका सहयोगीहरुले कर्मचारीहरुलाई पनि दूतावास छोड्न भनेको बताएका छन् ।

सैनिक सत्ताका प्रतिनिधिले आफूलाई ‘तिमी देशको प्रतिनिधि रहेनौ’ भनेको राजदूत मिनले बताएका छन् । उनले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘मलाई कार्यलय प्रवेश गर्न दिइएन, बाहिरै राखियो ।’

Advertisement

म्यानमारको सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसयता म्यानमारमा प्रदर्शन हुँदै आएको छ र सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् ।

सैन्य कू को विरोध गर्दै राजदूत मिनले नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूकीसहितको रिहाइको माग गरेका थिए ।

Advertisement

प्रजातन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा म्यानमारमा पाँच सय भन्दा धेरै मानिसको ज्यान गएको छ र त्यसमा दर्जनौँ बालबालिका पनि छन् ।

राजदूत मिनलाई बुधबार लण्डनस्थित दूतावासमा प्रवेश गर्न नदिइएको हो । उनले सो घटनालाई ‘मध्य लण्डनमा भएको म्यानमार सत्ताको कू’ का रुपमा हेरेको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

उनले यस्तो खालको कू हुन नदिने पनि बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top