एनभिए भलिबलको उपाधि हेल्प नेपाल र न्यू डायमन्डलाई

२६ चैत ७७, शुक्रबार

२६ चैत, काठमाडौं । लपाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिला तर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो । पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो । जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ । यस अघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो । उपाधि उचालेको न्युडायमन्डले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो । तेस्रो भएको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो ।

यस्तै पुरुष तर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । यस अघि बुधबार भएको समूह चरणको खेलमा एपिएफले हेल्प नेपाललाई सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो । हेल्प नेपालले एपिएफमाथि २५–१४, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । तीन भारतीय खेलाडीलाई कोर्टमा उत्रारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ । उपविजेता एपिएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्यो । चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो ।

Advertisement

प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले सहभागिता जनाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top