सरकार बनाउने संख्या छैन्, अब चुनाव गर्नुपर्छः देउवा

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे ।

उनले संसदमा आफुहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे ।

उनले भने “प्रधानमन्त्री बनाउन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेण्टमा हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले ।”

विभिन्न किसिमका टिकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनले सबैलाई आश्वस्त तुल्याए ।

संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उनले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे ।

उनले भने “कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानै पर्छ भोली । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा जनताको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले विर्सिसर्केसके । ”

राज्य सत्तालाई बुख्याँचा बनाउन खोजियो

प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यस विरुद्ध एकजुट हुन सभापति देउवाले आव्हान गरे ।

उनले भने “ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेको छ । उसले चाहेर कब्जा हुदैन । त्यसैले भोलीको दिनमा एक भएर लाग्नुपर्छ ।”

सभापति देउवाले आफुले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओली संग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गरे ।

उनले भने “मैले प्रचण्डलाई तपाई नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि । उनी उता गईदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पायो प्रचण्डले आएर । धेरै पटक प्राईमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् । ”

उनले चुनावको समयमा आफुले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाईदैन भनेर भनेको स्मरण गर्दे अहिले अवस्था त्यस्तै आएको बताए । तर तात्कालिन समयमा आफुले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उनले उल्लेख गरे ।

उनले भने “मैले पहिला भनेको थिएँ । तपाईहरुलाई याद होला । कम्युनिष्टको सरकार आयो भने तपाई रुन पनि पाउनुहुन्न भनेको थिएँ । दुईवटा पार्टी मिले । मिलेपछि जनताले भोट हाल्दिए के गर्ने । भोट त हाम्रो हातमा छैन नि । जनताले हराएपछि हारिन्छ के गर्ने ? जनताको माझ जाउँ । जनताको दिल जितौ । अनि हामी चुनाव किन जित्तैनौ ? जनता यस देशको मालिक हो । जनताको भोट हामीले पाउनुपर्छ । तर जनताले दिदैनन् के गरुँ त । तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ ।”

सभापति देउवाले संविधान अनुसार भदौ भित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top