ओली सरकार धेरै दिन नटिक्ने प्रचण्डको दाबी

२७ चैत ७७, शनिबार

२८ चैत्र, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्।

शनिबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको परिषद बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ सरकार गठन भएपछि देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउन खोजेको कालो बादल हट्ने दाबी गरे।

Advertisement

यस्तै नयाँ सरकार बनेपछि महंगी घटाइ कर्मचारीलाई साथ र सहयोग गर्ने प्रतिबद्धता गरे । उनले कर्मचारीको आफ्नै सीमा र मर्यादा भएकाले विवेक पुर्‍याएर अन्याय र अत्याचारको विरुद्धमा लड्न आह्वान गरे ।

देशमा बढिरहेको बेथितीको अन्त्य गर्ने प्रमुख दायित्व कर्मचारीको भएकाले राष्ट्रिय हितको पक्षमा लड्न आग्रह गरे ।

Advertisement

अहिले परिस्थिती असहज भएको र संविधान नै धरापमा पर्ने स्थिती आएकोले सजग हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री को बन्ने भन्दा पनि लोकतन्त्र र संविधानलाई कसरी जोगाउने भन्ने कुरा नै अहिलेको चिन्ता भएको बताए ।

अर्को एक प्रसंगमा प्रचण्डले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरी बेमौसमी चुनाव गर्ने केपी ओलीको सपनालाई जनताको बलले भत्काइदिएको बताए ।

उनले भने ‘ सामुहिक आवाज नै देश बचाउने शक्ति हो । ’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top