ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

२७ चैत ७७, शनिबार

२८ चैत, महोत्तरी । महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका विजयको उपचारको लागि बर्दिबासमा रहेको शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top