औद्योगिक तथा कृषि क्रान्तिमा जोड

२ असार ७५, आइतबार

पोखरा, असार ३

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताएका छन्।

प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र विकासका अपेक्षा सम्बोधन गर्न नसक्ने विचार व्यक्त गरे।

Advertisement

“ दुई सय वर्ष पछाडि परेको नेपाललाई २० वर्षमा परिवर्तन गर्न आवश्यक भए पनि वर्तमान सरकार त्यस अनुरुप अघि बढ्न सकेको छैन”, पूर्वअर्थमन्त्रीले भने, “बजेटबाट निजी क्षेत्र उत्साहित बन्न सकेको छैन, राज्यको दायित्वमा रहेका शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रलाई पनि परिवर्तन गर्ने लक्षण देखिएको छैन । ”

विश्वमा औसत प्रतिव्यक्ति आय वार्षिक दश हजार डलर रहेका अवस्थामा हामी एक हजार डलरमा खुशी भएको बताउँदै डा भट्टराईले आउने बीस वर्षमा विश्वकै हाराहारीमा पुग्न हामीले औद्योगिक तथा कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए ।

Advertisement

कम्युनिष्टले जनताकै हितमा काम गर्ने अपेक्षा रहे पनि उनीहरू राज्यसत्ताको दोहन र सुविधा लिएर मोजमस्तीमा जीवन बिताउन थालेको विचार पनि उनले व्यक्त गरे ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top