हराएको ३७ वर्षपछि अमेरिकाबाट नेपाल ल्याइँदै वासुदेव–कमलाजाको मूर्ति

२९ चैत्र, विराटनगर ।
एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति सोमबार नेपाल ल्याइपुर्‍याइँदै छ ।

उक्त मूर्ति ३७ वर्षअघि पाटनको पट्को टोलबाट हराएको थियो । नेपालबाट चोरिएको प्रमाणित भएपछि गत नोभेम्बर ३० मै यो मूर्तिलाई म्युजियमले अमेरिकी प्रहरीको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई हस्तान्तरण गरेको थियो ।

एफबीआईले दुई महिनाअघि वासिङ्टनस्थित नेपाली दूतावासमा बुझाएको मूर्ति अमेरिकी सरकारकै ढुवानी खर्चमा ल्याइन लागेको हो ।

Advertisement

७० केजीको वासुदेव–कमलाजा मूर्तिमा बायाँतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मीको आकृति छ । अन्वेषक लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल (सन् १९८९)’ पुस्तकमा समेत प्रकाशित यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ ।

कला सम्पदासम्बन्धी यो सोध पुस्तकमा २ सय ७७ वटा नेपाली मूर्ति–सम्पदा चोरिएको विवरण छ । वासुदेव–कमलाजा मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने निर्क्योल कतै गरिएको छैन ।

Advertisement

न्युयोर्कको जोन–जे कलेजमा आर्ट–क्राइम विषयका प्राध्यापक इरिन एल थोम्सनले पहिलो पटक डल्लास म्युजियममा राखिएको नेपालको मूर्तिबारे लेख लेखेकी थिइन् ।

आर्थिक संकटकै कारण अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजा मूर्तिलाई लागेजति खर्च बेहोरेर ल्याउने घोषणा ललितपुर महानगरपालिकाले गरेको थियो ।

तर मूर्ति नेपाली दूतावासमा बुझाइएपछि अमेरिकी विदेश मन्त्रालय, एफबीआईसहितका पदाधिकारीबीच दूतावासमा भएको विभिन्न चरणको छलफलपछि विदेश मन्त्रालयले आफ्नै खर्चमा मूर्ति फिर्ता पठाउने निधो गरेको हो ।

अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘युनाइटेड पार्सल सर्भिस’ (यूपीएस) ले मूर्ति ढुवानी गर्दै छ ।

अमेरिकी विदेश मन्त्रालयको सहयोग र समन्वयमा यूपीएस कार्गो सेवाले मूर्ति निःशुल्क ढुवानी गरिदिने विषयमा गत बिहीबार नेपाली दूतावासका पदाधिकारीसँग लिखित सहमति भएको छ ।

उक्त मूर्ति कार्गो आइतबार न्युयोर्कबाट कतार एयरवेजमार्फत उड्ने र सोमबार अपराह्न काठमाडौं आइपुग्ने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top