आज थपिए ३०३ संक्रमित, १४१ डिस्चार्ज हुँदा थप एकको मृत्यु

२९ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ३०३ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको हो ।

यस्तै, २४ घण्टामा १४१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

Advertisement

नेपालमा कोरोना संक्रमणबाट आज एक जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।

त्यस्तै २ हजार ९ सय ६१ जना सक्रिय संक्रमित र ८३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख १२ हजार ९ सय १ पीसीआर परीक्षण भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top