Nepal Times
Nepal Times
3
Shares

विद्यालय सञ्चालनबारे छलफल गर्न भोली विहान वैठक बस्दै

विद्यालय सञ्चालनबारे छलफल गर्न भोली विहान वैठक बस्दै

२९ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनका विषयमा छलफल गर्न सरोकारवालालाई बोलाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर भित्रिसकेको अवस्थामा बालबालिका उच्च जोखिममा रहेको बताएको सरकारले सरोकारवाला निकायलाई सोमबार विहान ८ बजे छलफलका लागि बोलाएको हो । यसअघि बालबालिकामा कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव पेश गरेको थियो । सोही विषयमा छलफल गर्न मन्त्रालयले बोलाएको हो । यसअघि प्याब्सनले सरकारले काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेकोमा विरोध जनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.