खेलाँचीले कोरोना जोखिम झन् बढ्यो

३० चैत, काठमाडौँ । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्।

Advertisement

भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै लागि नेपाल–भारत आउजाउ चलिरहेको छ।

गौरीफन्टाबाट दैनिक १५ सय र गड्डाचौकीबाट दैनिक १ हजार जना नेपाली स्वदेश फर्किरहेका छन्। गौरीफन्टास्थित हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले शनिबार अपराह्नसम्म ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

Advertisement

‘हामीले चैत १७ गतेयता भारतबाट फर्केका ७ हजार जनाको एन्टिजेन परीक्षण गरेका छौं। तीमध्ये ३ सय ६९ जनामा कोरोना पोजिटिभ देखिएको छ’, हेल्थ डेस्क प्रमुख साउदले भने। साउदले शनिबार साँझ ५ बजेसम्म एकै दिन ५४ जनामा पोजिटिभ देखिएको बताए।

‘शनिबार ४ सय ८३ जनाको परीक्षण गर्दा ५४ जनामा पोजिटिभ देखिएको हो। हेल्थ डेस्क राखेपछि, एकै दिनमा यती धेरै जनामा कोरोना देखिएको यो अहिलेसम्मकै बढी हो’, साउदले भने। उनले यस्तै अवस्था रह्यो भने कोरोना फेरि समुदायस्तरमा फैलिन सक्ने बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top