Nepal Times
Nepal Times
3
Shares

हरिद्वारमा ज्ञानेन्द्र शाहको रथारोहण, उत्तराखण्ड सरकारले गर्यो पुष्पवृटि

हरिद्वारमा ज्ञानेन्द्र शाहको रथारोहण, उत्तराखण्ड सरकारले गर्यो पुष्पवृटि

३० चैत्र, एजेन्सी ।
भारतको हरिद्वारमा सुरु भएको शाही स्नानको रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागि भएका छन् ।

भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथयात्रादेखि नै सहभागि भएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत छन् । हरिद्वारको मनकामना मन्दिरदेखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ ।

रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम छ । रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो ।

निम्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र समेत रथारोहण कार्यक्रममा सहभागि भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।

हरिद्वारमा हरेक वर्ष महाकुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वका साथ हेरिएको छ । पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्यक्रममा सहभागि हुँदै आएका छन् ।

यसपटक हरिद्वारमा भइरहेको कुम्भमेलामा सहभागि भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.