इरानको परमाणु केन्द्रमा आतंककारी आक्रमण

३० चैत्र, एजेन्सी ।
इरानको एउटा भूमिगत परमाणु केन्द्रमा आतंककारी आक्रमण भएको छ।

इरानले यूरोनियम प्रशोधन तीव्र पार्ने काम शुरू गरेको भोलिपल्टै भूमिगत परमाणु केन्द्र आतंककारीको निशानामा परेको अधिकारीहरूले जनाएका छन्।

यूरोनियम प्रशोधन र सम्वर्द्धनका लागि इरानले सेन्ट्रीफ्युज सञ्चालन गरेको थियो। इरानले आतंककारीको निशानामा परेर क्षति पुगेको भने पनि कुन समूहले आक्रमण गरेको भन्नेबारे खुलाएको छैन।

Advertisement

परमाणु केन्द्रका एक अधिकारीले परमाणु आतंकवादको संज्ञा दिँदै आक्रमणकारी समूहलाई गुपचुप राखेको बीबीसीले जनाएको छ। इजरायली सञ्चारमाध्यमले यो साइबर आक्रमण भएको आशंका गरेका छन्।

गत वर्ष पनि इरानका नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो। त्यो आगलागीलाई साइबर आक्रमण भनिएको थियो।

Advertisement

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए।

तर, अहिलेका राष्ट्रपति जो बाइडेनले त्यसलाई पुनः अघि बढाउने पहल गरिरहेका छन्‌।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top