×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

सात प्रदेशका ५० ठाउँमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउन ठेक्का सम्झौता

१ बैशाख २०७८

१ बैशाख, काठमाडौँ । सात प्रदेशका विभिन्न ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत सम्भारका लागि ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्स बीच मङ्गलवार ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।

Advertisement
Advertisement

एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

सञ्चालनमा आएको पाँच वर्षसम्म चार्जिङ स्टेशनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

उनले हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिने जानकारी दिए ।

चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन्, यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेशनको कन्ट्रोल काठमाण्डौबाट हुनेछ ।

सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेशन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिने छ ।

कहाँ कति वटा ?

काठमाण्डौ उपत्यकामा सात वटा चार्जिङ स्टेशन राखिने छ ।

प्रदेश नम्बर १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँच वटा चार्जिङ स्टेशन रहनेछन् ।

प्रदेश नम्बर २ मा पर्साको वीरगञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी सात वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् ।

वाग्मती प्रदेशमा धादिङको मलेखुमा दुई, वीपी राजमार्गको सिन्धुलीमा दुई, मकवानपुरको हेटौँडामा दुई, चितवनको भरतपुरमा दुई तथा मुग्लिन/कुरिनटारमा चार र काभ्रेको बनेपामा एउटा गरी १३ वटा चार्जिङ स्टेशन स्थापना हुनेछन् ।

गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङ्जामा एक/एक तथा कास्कीको पोखरामा तीन गरी ६ वटा चार्जिङ स्टेशन रहनेछन् ।

लुम्बिनी प्रदेशमा आठ वटा चार्जिङ स्टेशन रहनेछन् । बाँकेको नेपालगञ्जमा एउटा, दाङको भालुवाङ तथा दाङमा एक/एक, रुपन्देहीको बुटवलमा एउटा, नवलपरासीको बर्दघाट/सुनवलमा दुइटा गरी आठ वटा चार्जिङ स्टेशन रहनेछन् ।

Advertisement

कर्णाली प्रदेशमा सुर्खेतमा एक र सुदूरपश्चिम प्रदेशमा तीन वटा चार्जिङ स्टेशन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा एक/एक गरी सुदूरपश्चिममा तीन वटा चार्जिङ स्टेशन रहनेछन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top