×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

चीन भ्रमणबारे प्रधानमन्त्रीबाट सदनलाई जानकारी

Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

काठमाडौं, असार ४

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताएका छन् ।

चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा भोलिदेखि हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिदैं उनले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छाैँ, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीन विरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनाैँ, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छाैँ ।”

चीन लामो समय देखिको पुरानो मित्र हो, जसले हाम्रो सार्वभौमसत्ताको खुलेर सहयोग र समर्थन गर्दै आइरहेको छ भन्दै उनले चीनको सहयोगमा राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलनलगायत अरू ठूला पूर्वाधार निर्माण भइरहको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने, “चीन एउटा सुदृढ अर्थतन्त्र, ठूलो जनसंख्या, ठूलो भूभाग र ठूलो सहयोगको भावना भएको सबल राष्ट्र हो, चीनसँग हाम्रा विभिन्न प्रकारका धार्मिक, सामाजिक सम्बन्ध छ, सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र चीनबीचको सम्बन्ध सुमधुर र मित्रवत रहि आएको छ ।”

आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध झन् प्रबल, सुदृढ र गाढा हुँदै जाने विश्वास व्यक्त गर्दै उनले अघिल्लो पटकको आफ्नो चीनको भ्रमणका अवसरमा भएका केही दूरगामी महत्वका सहमति र सम्झौताले यथार्थ र भविष्यको मार्ग संकेत गरेको छ भने।

रेल, उर्जा 

यस पटकको भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताका विषयमा थप छलफल गरेर हाम्रा प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई जानकारी गराइने बताउँदै प्रधानमन्त्री ओलीले अहिले हाम्रो राष्ट्रिय एजेण्डाका रुपमा विकास नै हाम्रो प्राथमिकता हो भने ।

उनले नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दैै “चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ भने ।”

“उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिनेछ,” प्रधानमन्त्री ओलीले भने ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ समकक्षीसँग प्रतिनिधिस्तरको भेटघाट हुने जानकारी दिँदै भने “सो भेटघाटमा नेपालको व्यापार घाटा, यातायात पूर्वाधार निर्माण, अन्तरदेशीय प्रसारण लाइन, निर्माणाधीन आयोजनाको लगानी र सहकार्यका विषयमा छलफल हुनेछ ।”

रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूले पर्यटन क्षेत्रको विकास, लगानी तथा व्यपार लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने बताए ।

उनले भ्रमणका क्रममा चीनको स्वसाशित क्षेत्र तिब्बत ल्हासाको भ्रमण गर्ने र त्यस अवसरमा सीमावर्ती क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी पनि दिए।

प्रधानमन्त्री ओलीले हामीले आत्मसात् गरेको नयाँ अभ्यासलाई सुदृढीकरण गर्ने, त्यसलाई व्यावहारिक रुपमा खँदिलो बनाउँदै लैजाने अठोट व्यक्त गर्दै भने “तीन तहका सरकार, नयाँ प्रणाली, त्यसको अधिकार, काम, कार्यक्षेत्र लगायतका बिषयमा मोटामोटी रुपमा तयारी भए पनि त्यसका अभ्यास आफैँ बनाउँदै अघि जानुपर्ने अवस्था छ ।”

“सुशासन र विकासको बाटोमा अघि बढेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा अब हाम्रो प्रयास केन्द्रित हुन्छ,” उनले भने, “हामीले खोजेको र निर्धारण गरेको प्रतिबद्धतामा केन्द्रित भएर अघि जानुपर्छ, हामी वादविवादमा अल्झेर समय नष्ट गर्न सक्दनाैँ ।”

प्रधानमन्त्री ओलीले भने, “देशभित्र ६० देखि ७० लाखको संख्यामा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्नेमा केद्रित भइरहेको अवस्थामा हाम्रा सम्पूर्ण साधन र स्रोतलाई विकासतर्फ परिचालन गर्ने हिसावले अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाइनेछ ।”

छिमेकीसँगको मित्रता सुदृढ र पारस्परिक लाभका आधारमा अघि बढाइने प्रतिवद्धता व्यक्त गर्दै उनले नेपाल भारत बीचको सन् १९५० को सन्धिको परिमार्जन हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “काठमाडाैँ– वीरगञ्ज रेल सर्भे टोली काठमाडौँ आइसकेको छ, नेपाल र भारत बीचको सम्बन्ध सुदृढ तुल्याउने ढंगले भएका सहमतिका आधारमा काम फटाफट भइरहेका छन् ।”

प्रतिनिधिसभाको अर्को बैठक असार ८ गते शुक्रबार दिनको ११ बजे बस्नेछ ।
रासस

 

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top