कोरोना संक्रमण तीव्र: संक्रमितमध्ये १० प्रतिशत बालबालिका

६ बैशाख, काठमाडौ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्। कुल संक्रमितको १० प्रतिशत बालबालिका संक्रमणमा परिरहेका छन्। यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिका संक्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो चौबीस घण्टामा १० देखि १९ वर्ष उमेर समूहका ९१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नौ वर्षमुनिका २१ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले बच्चाहरूमा संक्रमण अहिलेभन्दा बढी हुन सक्ने बताए। अध्यक्ष डा. विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ।

‘बालबालिका बिरामी भई अस्पताल भर्ना गर्नुपरे र परिवारका अन्य सदस्य बिरामी भई स्क्रिनिङ गर्नुपरे मात्र बच्चाहरूमा कोरोना परीक्षण गरिन्छ’, डा. विष्टले भने, ‘तसर्थ बच्चाहरूमा संक्रमण अहिले देखिएभन्दा बढी हुनुपर्दछ।’

Advertisement

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top