×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालुवाटारमा एमाले बैठक बस्‍दै, खनाल-नेपाल समूह नजाने

६ बैशाख २०७८

६ वैशाख, काठमाडौं ।
आज नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । तर माधव नेपाल समूह बैठकमा नजाने भएको छ । एमालेको ओली समूहले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

Advertisement
Advertisement

नेपाल समूहले ओलीले विधानविपरीतको काम गरिरहेको आरोप लगाउँदै आएको छ । सोही कारण उनले बोलाएको बैठकमा नेपाल समूह नजाने भएको हो ।

पछिल्ला दिनहरूमा एमाले विवाद उत्कर्षमा पुगेको छ । कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गर्दै ४ जना एमाले सांसदले फ्लोर क्रस गरेपछि विवाद थप चुलिकएको छ ।

कर्णालीमा फ्लोर क्रस भएपछि ओली समूह नेपाल समूहसँग थप चिढिएको छ । उता नेपाल पक्षले भने ओलीको यस्तै रवैया रहीरहे अरु प्रदेशमा पनि कर्णालीको घटना दोहोरिन सक्ने चेतावनी दिएको छ ।

नेपाल समूह भने ओलीले एकलौटी रूपमा पार्टी विधानविपरित काम गरिरहेको भन्दै निर्वाचन आयोग पुगेको छ । आइतबार नेपा समूह लिखित पत्रसहित आयोग पुगेको हो ।

नेपाल समूहका तर्फबाट बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न आग्रह गरेको छन् ।

Advertisement

सर्वोच्च अदालतको २३ फागुनको निर्णयपछि ओलीले एकपक्षीय ढंगले गरेका निर्णयहरू अभिलेखिकरण नगर्न नेपाल पक्षले आयोगसँग माग गरेको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top