नेकपा कार्यबाहक अध्यक्षकाे जिम्मेबारी नेता नेपाललाई

विराटनगर,असार ५
प्रधानमन्त्री केपी शर्मा आली चीन भ्रमणमा गएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपालले पाएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा गएपछि र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि विदेशमै भएकाले बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको नेकपाका केन्द्रिय सदस्य बिष्णु रिमालले जानकारी दिए ।

त्यस्तै, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षा मन्त्री ईश्वर पोखरेलले पाएका छन् भने नेकपाको संसदिय दलको कार्यवाहक नेताको जिम्मेवारी भने सुवासचन्द्र नेम्वाङले पाएका छन् ।विकास न्युज बाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top