वैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी नियुक्त

६ बैशाख, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन् ।

दवाडीले आइतबारदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको महानिर्देशकका रुपमा पदभार सम्हालेका हुन् । तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल निस्किएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो ।

पदभार सम्हालेपछि महानिर्देशक दवाडीले नेपाली नागरिकको सुरक्षा र व्यवसायीको हक हितको सुरक्षा गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन् । यसअघि उनी सहरी विकास मन्त्रालयमा करिब ३ बर्षदेखि कार्यरत थिए ।

 

Scroll to Top